एकसाथ सँगै कुर्सीमा देखिए माधव र विष्णु, खित्का छाडेर हाँसे

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा उन्मुक्ति पाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल संसदमा सँगै बसेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट बचाइएका नेपाल र पौडेल शनिबारको संसद बैठकमा एक साथ देखिएका थिए । उनीहरू सँगै बसेर रमाइरहेका थिए ।

नेपाल प्रधानमन्त्री भएका बेला बालुवाटारको सरकारी जग्गा नक्कली मोहीलाई दिने निर्णय गरेका थिए । तर, अख्तियारले नेपाललाई उन्मुक्ति दिएर तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदारलाई मुद्धा चलाएको छ ।

आफ्नो छोरा नवीन पौडेलको नाममा आठ आना जग्गा किन्ने महासचिव विष्णु पौडेल र उनको छोरालाई पनि अख्तियारले सफाइ दिएको छ । नवीनको नाममा रहेको जग्गा रातारात विष्णु पौडेलले सरकारलाई फिर्ता गरेका छन् ।

आलोचना भएपछि सार्वजनिक कार्यक्रम र संसदको बैठकमा नेता नेपाल र महासचिव पौडेल देखिएका थिएनन् ।

शनिबारको बैठकमा कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सम्बोधन गर्ने भएपछि उनीहरू एकसाथ देखिएका थिए । उनीहरूसँग पनि बसेका थिए ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई आक्षेपहरू लगाएर आलोचना गर्दा महासचिव पौडेलले खित्का छाडेर हाँसेका थिए ।

Published : Sunday, 2020 February 16, 10:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया