हारेका नारायणकाजीलाई नेकपाले सांसद बनाउने, राष्ट्रिय सभामा अरु को–को ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा नराम्रोसँग पराजित भएका नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सांसदका लागि उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा श्रेष्ठलाई डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसको समर्थनमा हराएका थिए ।

सांसदमा पराजित भएपछि आत्तिएका श्रेष्ठले राष्ट्रिय सभाको सांसद ताकेका छन् । उनी राष्ट्रिय सभाको सांसद बन्ने पक्का भएको छ । श्रेष्ठको कार्यकाल राष्ट्रिय सभामा लामो हुनेछ ।

साढे दुई वर्ष पनि कुर्न नसकेर श्रेष्ठले राष्ट्रिय सभामा सांसद बनेर मन्त्री बन्ने योजना बनाएको स्रोतले जनाएको छ ।

बालुवाटारमा शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउनेछ ।

प्रदेश १ मा नेकपाले महिलाबाट ईन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल रहेका छन् ।

गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय नेकपाको रहेको छ ।

Published : Friday, 2020 January 3, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया