कांग्रेसद्वारा कम्युनिस्ट सरकारलाई गोपनीयता भंग हुने विधेयक खारेज गर्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को विरोध गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक खाँणले सोमबार विज्ञप्ति जारी गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सरकारले हालै संघीय संसदमा दर्ता गराएको ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘सरकारद्वारा अगाडि बढाइएको नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नेपालको संविधानको मौलिक हकले प्रदान गरेको नागरिकको स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने, नागरिकका हरेक सूचना चुहावट हुने, गोपनीयता भंग हुने र स्वतन्त्रतालाई समाप्त गर्ने प्रावधान राखी नेपालको संविधान प्रतिकूल ऐन बनाउने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य छैन’, विज्ञप्तिमा खाँणले भनेका छन् ।
प्रस्तुत भएको विधेयक नेपालको संविधानमा उल्लेखित नागरिक स्वतन्त्रता, गोपनीयताको हक लगायतको मौलिक हकको प्रतिकूल भएको खाँणले बताएका छन् ।
उनले विधेयकलाई तत्काल फिर्ता गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गरहेको जनाएका छन् ।
‘संविधानको प्रतिकूल र नागरिकका स्वतन्त्रता र हित विपरित हुने खालका यस्ता विधेयकहरू प्रस्तुत नगर्न दुईतिहाइको कम्युनिस्ट सरकारलाई नेपाली कांग्रेस सचेत गर्दछ’, खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया