कांग्रेसको जागरण अभियान ‘नौटंकी’ भन्ने शाहीको कारबाही फुकुवा गर्न पौडेल समूहको माग

काठमाठौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘कांग्रेसको राष्ट्रिय जागरण अभियान नौटंक हो’ भनेर कारबाहीमा परेका भुपेन्द्रजंग शाहीको कारबाही फिर्ता गर्न प्रस्ताव गरेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएका नेता पौडेलको समूहले शाहीलाई तरुण दलको महासचिवमा यथावत राख्ने प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ ।

‘नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीमाथि अध्यक्ष जितजंग बस्नेतले गरेको निलम्बन फुकुवा गरेर कार्यकल थप गर्दै समिति विस्तार गरिनुपर्ने’ भन्ने प्रस्ताव पौडेल समूहको छ ।

शाहीले तरुण दल र नेपाली कांग्रेसको अनुशासनहीन काम गरेपछि तरुण दलका अध्यक्ष बस्नेतले शाहीलाई कारबाही गरेर संगठनबाट निस्काशित गरिसकेका छन् । नेपाली कांग्रेसको अनुशासन समितिले पनि शाहीसँग स्पष्टीकरण लिइसकेको छ ।

स्रोतका अनुसार पौडेल समूहले १४औँ महाधिवेशनेको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्नुपर्ने, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा सम्मानजनक उपस्थिति गराइनुपर्ने र पार्टीका केन्द्रीय विभाग थप नगरी गठन गरिनुपर्ने र क्रियाशील सदस्यता छानबिनका लागि समिति गठन गर्नुपर्ने माग अगाडि सारेको छ ।

सभाति शेरबहादुर देउवाले बिहीबारको बैठकमा विभागहरूको संख्या थप गर्ने लगायतका प्रस्तावहरू पेश गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले केन्द्रीय समिति बैठक लगातार दुई पटक बहिस्कार गरिसकेका छन् ।

पौडेल समूहकै लहलहैमा लागेर नेता कृष्णप्रसाद सिटौला र गगन थापालगायतका नेताहरूले पनि बैठक बहिस्कार गर्दै आएका छन् ।

आफूलाई लोकतान्त्रिक पार्टीको नेता बताउने केन्द्रीय नेताहरूले सभापति देउवाले गलत नै गरेका छन् भने पनि केन्द्रीय कार्यसमिति र पार्टीभित्र बहस र सम्वाद गरेर टुंग्याउनुपर्नेमा पौडेल समूहले बैठक नै बहिस्कार गरेर कम्युनिस्टहरूको जस्तो व्यवहार देखाएको छ ।

Published : Monday, 2019 December 16, 2:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया