ओली र कम्युनिस्टहरूको राष्ट्रवाद भारतसामु लम्पसार पर्योः देउवा
नवलपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसारवादमा परिणत भएको बताएका छन् ।
नेपाल प्रेस युनियन नवलपुर शाखाले शुक्रबार नवलपुरमा आयोजना गरेको सूर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचनका बेला राष्ट्रवादको चर्को नारा लगाउने ओली भारतसँग लम्पसावादी बनेको बताए ।
उनले आफू प्रधानमन्त्री हुँदा भारतसँग गरिएको महाकाली सम्झौतामा स्पष्ट रुपमा महाकाली नदी पूर्वको भाग नेपालको भनेर लेखिएको र कालापानी लिपुलेक लिम्पियाधुरा काली पूर्व पर्ने भएकाले भारतले जारी गरेको नक्साको कुनै अर्थ नरहेको बताएका छन् ।
भारतले जारी गरेको नक्साको विषयमा सरकारले भारतसँग कुनै ठोस छलफल गर्न नसक्दा सरकारकै मिलेमतोमा भारतले नक्सा जारी गरेको हुन सक्ने देउवाले बताए ।
नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेका थिए ।
देउवाले कम्युनिस्ट सरकार मिडिया काउन्सिल लगाएतका विधेयकहरू ल्याएर अधिनायकवादको बाटोमा अघि बढेको आरोप लगाएका छन् ।
प्रेस स्वतन्त्रता र लोकतन्त्रको पक्षमा नेपाली कांग्रेस सदैव रहेको स्पष्ट पार्दै देउवाले यो विषयमा कसैसंग सम्झौता नगरिने बताए ।
देउवाले सूर्यभक्त पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाललाई सम्मान समेत गरेका छन् ।
२५ हजार नगद, ताम्रपत्र र दोसल्लाले नेपाललाई सम्मान गरिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्यहरू गुरुराज घिमिरे, प्रदीप पौडेल, देवेन्द्रराज कंडेल, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल लगायतका नेताहरूले पुरस्कृत व्यक्तित्वलाई बधाई दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया