धन्यावाद दिन गाउँ–टोलमा आइपुगे धरानका मेयर, मतदाताद्वारा भव्य स्वागत
धरान । नेपाली कांग्रेसको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित तिलक राईले आफ्ना मतदाताहरूलाई धन्यावाद दिन वडा, गाउँ र टोलीहरू घुमेका छन् ।
मेयर राईले बिहीबार धरान उपमहानगरपालिकाको वडा नम्बर १५ का आफ्ना मतदाताहरूलाई धन्यावाद दिएका छन् ।
मेयर राईले सबै वडामा पुगेर मतदाताहरूलाई धन्यावाद दिनेछन् । उनले आफूलाई विजयी बनाउने धरानका मतदाताहरूको विश्वास कहिल्यै पनि डगमगाउन नदिने प्रतिवद्धता जनाएका छन् ।
मेयर राईले आफू रहँदासम्म कुनै व्यक्ति वा दलको पछाडि लागेर दुःख दिने काम नगर्ने पनि जनाएका छन् ।
‘मेरा लागि धरानका जनता सबै बराबरी हुनुहुन्छ’, धन्यावाद दिने क्रममा मेयर राईले भनेका छन्, ‘मलाई मतदान गर्ने र नगर्ने सबैलाई एउटै आँखाले हेर्नेछ । कसैलाई पनि भेदभाव गर्नेछैन ।’
चारतारे झण्डा र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग गाउँ टोलमा आएका मेयर राईलाई स्थानीयले भव्य स्वागत पनि गरेका छन् ।
मेयर राईलाई टीका, खादा र माला लगाइदिएर स्वागत गरेका हुन् । स्थानीयले केही स्थानमा मेयर राईलाई केक खुवाएर स्वागत गरेका छन् ।
तीस वर्षसम्म एकलौटी शासन गर्दै आएका कम्युनिस्टहरूलाई हराएर मेयरको कुर्सीमा पुगेका मेयर राईले कार्यभार सम्हालेकै दिन कम्युनिस्टहरूले लगाएको चर्को कर घटाउनेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया