लोकतन्त्रकाे रक्षाका लागि जनताले कांग्रेसलाई जिताएः खाँण
भरतपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली जनताले उपनिर्वाचनमार्फत कांग्रेसलाई प्रस्फुटित गराएको बताएका छन् ।
चितवनको भरतपुरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले दुईतिहाइको कम्युनिष्ट सरकार भएको बेलामा जनताले लोकतन्त्रको रक्षाका खातिर कांग्रेसलाई जिताएको बताए ।
उनले नेपाली कांग्रेसलाई जनताले सबल र सुदृढ गराउने चाहना प्रस्फुटित गराएको उपनिर्वाचनले पुष्टि गरेको बताए ।
खाँणले नेपाली कांग्रेसलाई अझै सबल र सुदृढ बनाउन निर्वाचित वडाध्यक्षहरूलाई राम्रो काम गर्न निर्देशन दिए ।
नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले प्रजातन्त्रको किल्ला नै चितवन भएको बताए । उनले उपनिर्वाचनमा जस्तै सबै एकढिक्का भएर पार्टीलाई जिताउन लाग्नुपर्ने बताए ।
कम्युनिस्ट सरकारले प्रजातान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने काम गरिरहेको आरोप लगाए । 
‘सरकारले हरेक पक्षमा मानव अधिकार, लोकतन्त्र, प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य पद्धतिलाई कमजोर बनाउने काम गरिरहेको छ, हामी सचेत हुनुपर्छ’, खाँणले भने ।
मंसिर १४ गते भएको उपनिर्वाचनमा भरतपुर महानगरपालिका–१६ मा अमृतराज हमाल तथा खैरहनी नगरपालिका–४ मा देवबहादुर बस्नेत र ५ मा प्रतिमा कार्की बस्नेत वडाध्यक्षमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.महत र प्रमुख सचेतक खाँणले उनीहरूलाई सो अवसरमा सम्मान गरेका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया