सरकारले तिर्‍यो ओलीको उपचार खर्च साढे दुई लाख

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले उपचारका क्रममा साढे दुई लाख खर्च गरेका छन् ।

काठमाडौंको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा दश दिन उपचार गराउँदा ओलीले २ लाख ५४ हजार ६ सय ८८ रुपियाँ खर्च गरेको अस्पताल निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा लागेको खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ ।

प्रधानमन्त्री ओली १० दिन अस्पताल बसेर बिहीबार सरकारी निवास बालुवाटार फर्किएका छन् ।

अघिल्लो मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनलाई आइसियुमा राखिएको थियो ।

निजी चिकित्सक डा.दीव्या सिंहले प्रधानमन्त्री ओलीको २–३ महिनाभित्रै मिर्गौला प्रत्यारोपण गर्न सकिने बताइन् ।

नेपालमा पनि मिर्गौलाको सफल प्रत्यारोपण भइरहेकाले विदेश जानु आवश्यक नभएको डा.सिंहले बताइन् ।

डा.सिंहले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्दा केही जोखिम हुने भएपनि धेरैले सफलतापूर्वक दुई–तीन पटक प्रत्यारोपण गरेको बताइन् ।

Published : Thursday, 2019 December 5, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया