देउवाले बोला केन्द्रीय समितिको बैठक, उपनिर्वाचनको समीक्षा हुने

काठमाडौं । उपनिर्वाचनको समीक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंसिर २६ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ ।

उपनिर्वाचनमा नेपाली कांग्रेसले भक्तपुरमा प्रदेश सभा र धरानमा उपमहानगरपालिकामा विजयी हासिल गरेको थियो ।

त्यसैगरी केही वडाहरूमा पनि नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । कास्की २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले धाँधली गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ ।

उपनिर्वाचनबाट नेपाली कांग्रेसलाई केही सिटहरूमा फाइदा भएको छ । तर, कांग्रेसले सोँचेअनुसारको जित उपनिर्वाचनमा हुन नसकेको जनाएको छ ।

Published : Wednesday, 2019 December 4, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया