धरानमा गगन–रामहरिहरूले भने जस्तै भयो, कम्युनिस्टकाे वडामा पनि कांग्रेस बलियाे

धरान । धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई बधाइ आउन थालेको छ ।

दुई वटा वडाको मतगणना बाँकी रहेका बेला जित सुनिश्चित जस्तै भएपछि नेपाली कांग्रेसका तिलक राईलाई बधाइ आउन थालेको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मेयरका उम्मेदवार प्रकाश राई नेपाली कांग्रेसका तिलक राईभन्दा १६४७ मत पछाडि छन् ।

नेपाली कांग्रेसका तिलक राईले २४६५१ मत पाएका छन् । नेकपाका प्रकाश राईले २३००४ मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको १ र २ नम्बर वडामा मत गणना गर्न बाँकी छ । यी दुबै वडामा नेपाली कांग्रेस बलियो छ ।

नेकपा बलियो भनिएको ३ नम्बर वडामा पनि नेपाली कांग्रेसका राईले नेकपाका प्रकाश राईलाई पछाडि पारेका छन् ।

नेपाली कांग्रेसका युवा नेताहरू गगन थापा, रामहरि खतिवडाहरूले भने जस्तै यस पटक धरानका जनताले स्वाद फेरेका छन् ।

उनीहरूले कम्युनस्टहरूलाई हराएर नेपाली कांग्रेसलाई रोजेका छन् ।

Published : Monday, 2019 December 2, 8:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया