चितवनमा फर्कियाे कांग्रेस, यी हुन् प्रचण्ड–रेणुसँग बदला लिने कांग्रेसका हिरो

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।

उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गरेका छन् ।

अमृतराजले ३१८३ मत प्राप्त गरेका छन् । भक्तराजले २८७५ मत प्राप्त गरे ।

यसअघि सो वडामा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्लामा चितवनमा कांग्रेसले आफ्नो बर्चश्व कायम राखेको छ ।

मतदाताहरूलाई प्रभावित बनाउन भरतपुरमा शनिबार भतेर पनि खुवाइएको थियो ।

नेकपाका वडाध्यक्षलाई जिताउन भरतपुरकी मेयर रेणु दाहाल पनि सक्रिय भएर लागेकी थिइन् । तर, उनको केही चलेन ।

Published : Sunday, 2019 December 1, 7:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया