कास्की, भक्तपुर र धरानमा मतगणना शुरु, रेणु काण्ड हुन नदिने

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ ‘क’को मतपेटिकाहरू खोलिएका छन् ।

प्रदेशतर्फको गणना राति करिव ११ बजेदेखि शुरु भएको हो ।

उता, धरान उपमहानगरपालिकामा पनि मतगणना शुरु भएको छ ।

त्यसै गरी, कास्कीमा पनि मतगणना शुरु भएको छ ।

तीन ठाउमै मतगणना शुरु भएपनि कसले कति पाएको छ केही भनिएको छैन ।

सबै स्थानमा मतगणना स्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भरतपुर महानगरपालिकामा रेणु दाहाललाई जिताउन भएको जस्तो काण्ड हुन नदिन तारजाली लगाएर मतपत्रको सुरक्षा गरिएको छ ।

Published : Sunday, 2019 December 1, 12:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया