कांग्रेसका श्रेष्ठले खोसे कम्युनिस्टको वडा
गौर । रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जवार मियालाई पराजित गरेका हुन् । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार श्रेष्ठले ७७१ मत ल्याएका छन् ।
श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार मियाँले ५९६ मत प्राप्त गरेका छन् ।
समाजवादी पार्टीले १२२, राजपाले १६ र जनमत पार्टीले १२ मत पाएको छ ।
नेकपा उम्मेदवार जवार मियाले हार स्वीकार गर्दै विजयी श्रेष्ठलाई बधाई समेत दिएका छन् ।
Published : Saturday, 2019 November 30, 11:58 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया