कांग्रेसले भत्काइदियाे मालारानी ३ मा नेकपाकाे लाल किल्ला
अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका शोभाखर खनाल वडाध्यक्षमा विजयी भएका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार खनालले ११५९ मत प्राप्त गरेका छन् ।
खनालका प्रतिद्वन्द्वी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारले १०५३ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा पहिले तत्कालीन एमालेका जीवन चौहानले जितेका थिए । चौहानको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।
गत स्थानिय निर्वाचनमा पनि ३६ मतले पराजय भएका खनाल यो पटक भने १०६ मतले विजयी भएका हुन् । यस क्षेत्रलाई तत्कालीन एमालेको गढ मानिन्थ्यो ।
Published : Saturday, 2019 November 30, 11:25 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया