प्रचण्ड र गृहमन्त्रीको जिल्लाका दुबै वडामा कांग्रेस अगाडि

भरतपुर । चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ मा भएको वडाध्यक्षको उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

प्रारम्भीक मत परिणाम अनुसार दुबै वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वडा नम्वर ४ मा नेपाली कांग्रेसका देवबहादुर बस्नेतले ७७४ मत प्राप्त गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार बेदबहादुर अधिकारीले ६८२ मत प्राप्त गरेका छन् ।

खैरहनी ५ मा नेपाली कांग्रेसका उम्मेदार प्रतिमा कार्कीले ७५४ मत पाएका छन् । नेकपाका उम्मेदवारले पुननारायण प्रधानले ६८२ मत प्राप्त गरेका छन् ।

मतगणना गर्न वडा नम्बर ४ मा ६७२ मत बाँकी छ । वडा नम्बर ५ मा १७० मत गन्न बाँकी रहेको छ ।

चितवन सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापाको जिल्ला हो ।

Published : Saturday, 2019 November 30, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया