कांग्रेस नेता स्व.श्रेष्ठकाे सम्झनामा अक्षयकोष, नेता बस्नेतले गरे योगदानको कदर

सिपाघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीका सच्चा कार्यकर्ता स्व.धनबादुर श्रेष्ठको योगदानको कदर हुने बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ स्थित ईन्द्रवाती गाउँपालिकाको वडा नम्बर ८, सिपाघाटस्थित निवासमा मंगलबार आयोजित स्व.श्रेष्ठको वार्षिकी कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले पार्टीका लागि स्व.श्रेष्ठले दिनुभएको योगदानलाई सधैँ स्मरण गरिरहने बताए ।

उनले स्व.श्रेष्ठले देखाउनु भएको बाटोलाई कांग्रेसका सच्चा कार्यकर्ताहरूका लागि मार्गदर्शन भएको बताए ।

स्व.श्रेष्ठ नेपाली कांग्रेसबाट वडा नम्बर ८ मा निर्वाचित वडाध्यक्ष हुन् । उनको निधन एक वर्ष अगाडि भएको थियो । वडा नं. ८ मा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले स्व.श्रेष्ठको सम्मानका लागि पनि वडा नं. ८ मा पुनः नेपाली कांग्रेसकै उम्मेदवार विजयी हुनुपर्ने बताए । त्यसका लागि जस्तो सुकै सहयोग गर्न आफू तयार रहेको बस्नेतले उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका नेता स्व.श्रेष्ठको सम्झनामा अक्षय कोष स्थापना गरिएको छ । स्व.श्रेष्ठका परिवारजनले ५१ हजार ५१ रुपियाँको अक्षय कोष स्थापना गरेका छन् ।

अक्षय कोषमा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकुष्ण बस्नेतले व्यक्तिगत रुपमा ५१ हजार १ सय रुपियाँ थपिदिएका छन् । यो अक्षय कोषलाई बढाउँदै लैजाने परिवारको योजना छ ।

Published : Tuesday, 2019 November 5, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया