टिकटका लागि कांग्रेसले बनायो यी नेताहरूकाे सर्ट लिस्ट, अब हुनेछ फाइनल निर्णय
काठमाडौं । उपनिर्वाचनको टिकट वितरणका लागि नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक बसिरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको पदाधिकारीहरूको बैठकमा उम्मेदवारहरूका बारेमा छलफल केन्द्रित रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कास्कीमा प्रतिनिधि सभा तथा दाङ र भक्तपुरमा प्रदेशतर्फको उपनिर्वाचन हुँदै छ ।
कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ । नेपाली कांग्रेसका तर्फबाट धनराज गुरुङ, देवराज चालिसे र खेमराज पौडेलेको नाम चर्चामा छ । प्रवक्ता शर्माले भने, ‘छलफल जारी छ । तीन ‘राज’मध्येबाट एक ‘राज’ले टिकट पाउने पक्का छ ।’
दाङको ३ ‘ख’मा नेपाली कांग्रेसका केशव आचार्य र शंकर डाँगीको नाम अग्रपंक्तिमा चर्चामा रहेको छ ।
भक्तपुर क्षेत्र नं. १ ‘क’मा नेपाली कांग्रेसका नेताहरू कृष्णलाल भडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठको नाम चर्चामा छ ।
प्रवक्ता शर्माले नेताहरूको बीचमा छलफल चलिरहेकाले केही समयपछि अन्तिम निर्णय गरिने बताए । उनले चर्चामा रहेकै नामबाट टिकट दिइने र जित सुनिश्चित गर्ने बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया