ठोकर्पामा कांग्रेस सभापति देउवालाई भव्य स्वागत (तस्वीर)

ठोकर्पा । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नम्बर १ ठोकर्पामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भव्य स्वागत गरिएको छ ।

श्री बाघ भैरव माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्न सोमबार आएका सभापति देउवालाई स्थानीयले भव्य रुपमा स्वागत गरेका हुन् ।

देउवाको स्वागतमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाका सांसद अग्नि सापकोटा आफै खटिएका थिए ।

ठोकर्पामा श्री बाघ भैरव माध्यामिक विद्यालयको भवनको नेपाली कांग्रेसका सभापति देउवाले उद्घाटन गरेका थिए ।

सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । यो गाउँपालिकामा नेपाली कांग्रेसले जनतासँग अतिरिक्त कुनै पनि प्रकारको कर उठाउँदैन । विगतमा उठाइने करलाई निरन्तरता दिइएको छ ।

कार्यक्रममा कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Published : Tuesday, 2019 November 5, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया