कृष्णबहादुर महराको काण्ड भुलाउने कम्युनिस्ट नेताकै अर्को यौन काण्ड

काठमाडौं । संसद सचिवालयकी महिला कर्मचारी एवम् अर्काकी पत्नीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णबहादुर महरालाई फ्लप खुवाउने गरी नेकपा निकटको विद्यार्थी संगठनका केन्द्रीय सदस्यले हर्कत गरेका छन् ।

नेकपा निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)का केन्द्रीय सदस्य ईन्द्रहाङ् राईलाई १८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

राईलाई प्रहरीले तिहारको टीकाको दिन बिहानै काठमाडौंको जोरपाटीस्थित माकलबारीबाट पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार राईले ती १८ वर्षीया युवतीलाई आफ्नो कोठामा बोलाएर जबरजस्ती यौनसम्पर्क गरेका थिए । राईको हर्कतबाट अस्तित्व लुटिएपछि ती युवतीले बौद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रहरीले पनि अखिलका केन्द्रीय सदस्य राईलाई तत्काल पक्राउ गरेर हिरासतमा राखेको छ । आफ्नै साथीकी बहिनीलाई विद्यार्थी नेता राईले जबरजस्ती यौन सम्पर्क गरेपछि कम्युनिस्ट नेताहरूको हर्कतहरू धमाधम बाहिर आउन थालेको छ ।

हुन त प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईलाई पनि बालिका खड्काले पनि यौन हिंसा गरेको आरोप लगाउँदै आएकी छिन् । राईलाई कुनै कारबाही हुन सकेको छैन ।

यौन हिंसाको आरोप लागेका महरालाई सभामुख पदबाट हटाइ सकिएको छ । महरा हिसातमा दिन गनेर बसेका छन् ।

अखिलका केन्द्रीय सदस्य राईलाई पनि पदबाट बर्खास्त गरिएको छ ।

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई पनि महिला पत्रकारमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद गरेको अभियोगमा बर्खास्त गरिसकेका छन् ।

Published : Wednesday, 2019 October 30, 12:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया