डा.आरजु राणाद्वारा दाजुभाईलाई टीका प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवाले तिहारको टीका लगाइदिएकी छिन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा मंगलबार डा.राणाले दाजुभाईहरूलाई टीका लगाइदिएकी हुन् ।

टीका लगाउन भुषण राणा र उनका दाजु बुढानिलकण्ठमा पुगेका थिए ।

डा.राणाले आफ्ना दाजुभाईलाई टीका लगाइदिएपछि तिहारको मसला र खानेकुरा दिएकी थिइन् ।

उनका दाजुभाईहरूले पनि आफ्नो गच्छेअनुसारको उपहार डा.राणालाई दिएको जनाइएको छ ।

Published : Tuesday, 2019 October 29, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया