भक्तपुर कांग्रेसले थाल्यो उपनिर्वाचनको भव्य तयारी, कम्युनिस्टलाई हराउन ९ वडा कार्यालय स्थापना
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले मंसिर १४ गतेको उपनिर्वाचनलाई केन्द्रित गरेर भव्य कार्यक्रमको सुरुवात गरेको छ ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले शनिबार चागुनारायण नगरपालिकाको ९ वटा नेपाली कांग्रेसका वडा ईकाइ कार्यालयहरुको उद्घाटन गरेका छन् । थापाले उपनिर्वाचनलाई केन्द्रित गरेर चागुनारायण नगरपालिकाका ९ वडा कार्यालयहरुको उद्घाटन गरिएको बताए ।
नेपाली कांग्रेस भक्तपुरले १० जना नेताहरुको नाम टिकटका लागि सिफारिस गरेको छ । भक्तपुरको क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशतर्फ उपनिर्वाचन हुँदै छ ।
सभापति थापाले केन्द्रबाट जसलाई टिकट दिए पनि आफूहरुले सहयोग गर्ने बताए ।
‘नेपाली कांग्रेसले जित्नुपर्छ । व्यक्तिले जित्ने होइन’, उनले भने, ‘जसले टिकट पाएपनि हामीले एक ढिक्का बनाएर जिताउँछौँ ।’ नेपाली कांग्रेस भक्तपुरले यस पटक कुनै पनि हालतमा कम्युनिस्टहरुलाई पराजित गर्ने गरेर तयारी थालेको छ ।
सभापति थापाले चागुनारायण नगरपालिकाको वडा नम्बर १ का ईकाइ सभापति माधव न्यौपाने, २ मा प्रल्हदा कार्की, ३ मा राजेश शाही ठकुरी, ४ मा गोपाल पोखरेल, ५ मा राजी गिरी, ६ मा रमेश लामिछाने केसी, ७ मा प्रदीप केसी, ८ मा राधेश्याम कार्की र ९ मा पुस्कर खत्रीलाई वडाहरुमा उपनिर्वाचनको तयारी गर्न निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया