कम्युनिस्टसँग लड्न पहिला कांग्रेस बनाऔँः डा.प्रकाश शरण महत

दाप्चा । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले पार्टीभित्रको आलोचना छाडेर संगठन निर्माणमा लाग्नुपर्छ बताएका छन् ।

नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिले शनिबार काभ्रेको दाप्चामा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले अधिनायकवादका विरुद्ध नेपाली कांग्रेसजनहरु एक हुनुपर्ने बताए ।

‘कांग्रेसजनले एकअर्काको खट्टा तान्ने प्रवृत्ति छाड्नुपर्छ । आलोचना गर्ने कामलाई छाडौं । जनतालाई साथ दिऔँ’, उनले भने, ‘यो भयो भने हामीले चुनाव जित्छौँं ।’ उनले राष्ट्रिय जागरण अभियानमार्फत कांग्रेसलाई राम्रो भएको बताए ।

उनले पुस महिनामा दश दिनका लागि सबै गाउँपालिका र नगरपालिकामा तेस्रो चरणको कार्यक्रम गरिने बताए । उनले भने, ‘जनतालाई भेटेर कम्युनिस्टलाई भोट दिएर उत्थान छैन भन्नुपर्छ । कम्युनिस्टका गलत कुरालाई जनतालाई जानकारी दिनुपर्छ ।’

सहमहामन्त्री डा.महतले जनतामा जान र कार्यक्रम गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले कम्यनिस्टले जस्तो हवादारी कार्यक्रम कहिल्यै पनि नगर्ने बताए । कम्युनिस्टले जनतालाई झुक्काउने र काम नगरिदिने कार्य धेरै रहेको उनले बताएका छन् । उनले भने, ‘कांग्रेसले जनताको काम गर्छ । जनताको कुार सुन्छ । कांग्रेसले प्रजातन्त्रलाई महत्व दिन्छ ।

कम्यनिस्टले जनताका कुरा सुन्दैन । कम्युनिस्ट भनेको अधिनायकवादी हुन् ।’

कम्यनिस्टहरुले केन्द्रदेखि वडा तहसम्म भ्रष्टाचार गरेको भन्दै सहमहामन्त्री डा.महतले भने, ‘कम्यनिस्टहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । उनीहरुको हर्कतलाई अब कांग्रेसले रोक्नुपर्छ ।’

डा.महतले देशमा सुःखी र समृद्धि केपी ओलीलाई मात्रै आएको बताए । उनले रेल, पानीजहाज, सगरमाथामा अक्सिजनविना चढ्ने कुरा हावादारी रहेको बताए ।

नेपाली कांग्रेसले कुरा गर्नेभन्दा पनि विकास गरेर जनतालाई झुक्काउने मात्रै गर्ने गरेको उनले बताए ।

उनले भने, ‘कम्युनिस्टले सत्ता चाहेका हुन् । काम गर्ने कालु, फल खाने भालु भएको छ । शान्ति संविधान चुनाव गर्ने हामी विकास गर्ने हामी कम्युनिस्टले गरेको भनेर जस लिएका छन्’, उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँ कम्युनिस्टहरुको अधिनायकवादसँग लड्नुपर्ने बेला आएको भन्दै कार्यकर्ताहरुलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । उनले नमोबुद्धको विकास नेपाली कांग्रेसले गर्ने बताएका छन् ।

काभ्रेका जनतालाई कम्युनिस्टहरुले भ्रममा पारेर जितेको भन्दै अबको निर्वाचनमा नेपाली कांग्रेस कम्युनिस्टहरुको झुठको आवश्वासनमा नपर्ने बताए ।

Published : Saturday, 2019 October 26, 4:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया