गोकुल बास्कोटाको जिल्लामा नेकपाभित्र पहिरो, कांग्रेसमा भित्रिए सयौं कम्युनिस्टहरु
दाप्चा । काभ्रे जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरुले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नमोबुद्ध नगर कार्यसमितिले दशैं, तिहारलगायतका चाढ पर्वको अबसरमा शनिबार दाप्चामा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपाका दुई सयभन्दा धेरै जिल्ला नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाइँ, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँ, नेपाली कांग्रेसका युवा नेता गणेशमान लामा, तीर्थ लामालगायतले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका जिल्लास्तरीय नेता दुर्गा लामाले ३० वर्षसम्म कम्युनिस्टमा बस्दा धेरै अन्याय भोग्नु परेको बताए । उनले कम्युनिस्टहरुको अधिनायकवादी चरित्रले गर्दा आफूसहितको समूहले कम्युनिस्ट पार्टी परित्याग गरेको बताए ।
देश र पार्टीलाई ज्यानामाराहरुले चलाएको नवप्रवेशी लामाले बताए । उनले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १७ हजार जनताको ज्यान लिएको भन्दै दोषीको भागिदार रहेको आरोप लगाए । उनले भने, ‘यो देश डाँकैडाकाहरुले चलाएको देश हो ।
कम्युनिस्टले चलाएको देश होइन । नाङलो पसल राख्नेसँग पनि कर लिएर दुःख दिएको छ । भारी बोक्ने भरियालाई प्यान नम्बर लिनुपर्ने बाध्यता बनाएको छ ।’

पूर्वएमाले निकटका बलराम अधिकारीले कमयुनिस्टहरुलाई कमाउनिस्टको संज्ञा दिए । उनले कम्युनिस्टमा बसेर उत्थान हुने अवस्था नरहेपछि आफूहरु नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । उनले चर्को घाममा सुकेर नबस्ने भन्दै कांग्रेसको रुखको छहारीमा बसेर देश विकासमा लाग्ने बताए ।
वीरबहादुर लामा, दुर्गा लामा, जय लामा, बलराम अधिकारी, भीम थापा लगायत तीन सयभन्दा धेरै स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस नमोबुद्ध नगरसमितिका सभापति कुन्साङ लामाले जानकारी दिए ।
काभ्रे जिल्ला दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको जिल्ला पर्छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया