युवा संघका क्षेत्रीय अध्यक्षसहित तीन सय कांग्रेसमा प्रवेश, सिन्धुपाल्चोकमा गगनको जादु
चौतारा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनतालाई दुःख मात्रै भएको बताएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीमा नेपाली कांग्रेस क्षेत्र नं. २ ले शुक्रबार आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले खड्गप्रसाद ओली नेतृत्वको सरकारले जनतालाई राहत दिन नसकेको बताए । उनले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको बताए ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट सरकारको निरंकुशता दिन प्रतिदिन बढ्दै गएको बताए । उनले सरकारले मुलुकमा कम्युनिस्ट शासन व्यवस्था ल्याउन अनेकौ षड्यन्त्र गरिरहेको बताए ।
यसैबीच, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको युवा संघ नेपालका क्षेत्रीय अध्यक्ष योङ तामाङसहित झण्डै तीन सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा, राप्रपासहितका दलका नेता तथा कार्यकर्ताहरूलाई वरिष्ठ नेता पौडेल युवा नेता थापाले संयुक्त रुपमा पार्टीमा प्रवेश गराएका हुन् ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया