भक्तपुरमा निर्वाचन केन्द्रित कार्यक्रम शुरू, ९ वडाले कार्यालय पाउने

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले उपनिर्वाचनलाई लक्षित गरेर आफ्ना कार्यक्रम र संगठनात्मक गतिविधिलाई सक्रिय बनाएको छ ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाका अनुसार मंसिरमा आउन लागेको उपनिर्वाचनलाई लक्षित गरेर चागुनारायण नगरपालिकाका ९ वटा वडामा नेपाली कांग्रेसको ईकाइहरू गरिएको छ ।

सभापति थापाले नेपाली कांग्रेसको नयाँ विधानको संरचनाअनुसार वडाहरूमा संगठन निर्माण गरेका हुन् ।

ती सबै वडाहरूमा नेपाली कांग्रेसको ईकाइ कार्य समितिहरू गठन गरिएको सभापति थापाले बताए । वडाहरूमा कात्तिक ९ गते शनिबार कार्यालयहरूको उद्घाटन गरिँदै छ । वडा कार्यालयहरूको सभापति थापा आफैले उद्घाटन गर्नेछन् ।

नेपाली कांग्रेसका सभापति थापाले केही दिन अगाडि ती ९ वटा वडाहरूमा नेपाली कांग्रेसको ईकाई कार्यसमितिहरू गठन गरेका हुन् ।

वडा नम्बर १ मा नेपाली कांग्रेसको ईकाइ सभापति माधवप्रसाद न्यौपाने, २ मा प्रल्हाद कार्की, ३ माराजेश शाही ठकुरी, ४ मा गोपालप्रसाद पोखरेल, ५ मा राजी गिरी, ६ मा रमेश लामिछाने केसी, ७ मा प्रदीप केसी, ८ मा राधेश्याम कार्की र ९ मा पुस्कर खत्री रहेका छन् ।

भक्तपुरमा नेपाली कांग्रेसले आफ्ना भ्रातृ संगठनहरूलाई पनि सक्रिय बनाएको छ । नेपाल तरुण दलले भक्तपुरमा आफूलाई क्रियाशील बनाउँदै आएको छ ।

सभापति थापाले आउँदै गरेको उपनिर्वाचनलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले जसलाई टिकट दिएर पठाउँछ त्यसलाई कुनै पनि हालतमा निर्वाचित गराउने बताएका छन् ।

Published : Thursday, 2019 October 24, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया