‘कतार च्यारिटी’का कन्ट्री डाइरेक्टरलाई देश निकालाकाे खतरा, परिषदले पत्र काट्यो
काठमाडौं । ‘कतार च्यारिटी’ नामक आईएनजिओका कन्ट्री डाइरेक्टर मौले अब्देल अजित अबैध रुपमा नेपालमा बसेर तलब, भत्ता लिएको खुलासा भएको छ ।
मौले अब्देल अजित नेपालमा १८ महिना बसेका छन् । १८ महिनामा उनी सात महिना पर्यटक भिषामा बसेको खुलेपछि उनी कारबाहीमा पर्ने पक्का जस्तै भएको हो ।
मौले अब्देल अजित सात महिना पर्यटक भिषामा बसेर कतार च्यारिटीको कन्ट्री डाइरेक्टरका रुपमा तलब, भत्ता लिएका हुन् । पर्यटकको भिषामा बसेर नेपालमा काम गर्न पाइँदैन । तर, उनले पर्यटकको भिषामा बसेर तलब, भत्ता लिएको तथ्य बाहिर आएको छ ।
पर्यटकको भिषामा मौले अब्देल अजितले सात महिलाको तलब, भत्ता बुझेको तथ्य कतार च्यारिटीको अडिट रिपोर्टमा उल्लेख छ । मौले अब्देल अजित २१ महिना गैह्र पर्यटकीय भिषामा बसेको रेकर्डमा देखिएको छ ।
नेपालमा बसेर काम गर्नका लागि दस्तुर तिरेर बस्न पाइन्छ । तर, उनले नेपालको कानूनलाई लत्याउँदै पर्यटकको भिषामा बसेर आफूलाई नेपालको कानूनले छुँदैन भन्ने प्रमाणित गर्न खोजेका छन् ।
कतार च्यारिटीका कन्ट्री डाइरेक्टर मौले अब्देल अजित पर्यटक भिषामा बसेर सात महिनासम्म तलब, भत्ता बुझेको चालपाएपछि समाजकल्याण परिषद्ले कारबाही प्रक्रिया अगाडि बढाएको छ । मौले अब्देल अजितका बारेमा गृहमन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, अध्यागमन विाभग र समाज कल्याण परिषद्ले चासो राखेका छन् ।
समाजक कल्याण परिषद्ले कतार च्यारिटीलाई मौले अब्देल अजितको भिषा प्रक्रियाका विषयमा दुई पटक पत्र पठाएर जानकारी माग गरिसकेको छ । मौले अब्देल अजितले समाज कल्याण परिषद्लाई टेरेका छैनन् । उनले अटेर गरेर आवश्यक कागजपत्रसहितको जवाफ दिएका छैनन् । समाज कल्याण परिषद्का प्रवक्ता शिवकुमार बस्नेतले कन्ट्री निर्देशकको भिषा प्रक्रियाका विषयमा कतार च्यारिटीलाई पत्र पठाएर जवाफ माग गरिएको जानकारी दिए । ‘पत्र पठाएका छौँ’, उनले भने, ‘कतार च्यारिटीले आवश्यक कागजपत्र र जवाफ पठाएको छैन ।’
कतार च्यारिटीका कन्ट्री निर्देशक मौले अब्देल अजितले आफ्नै घरको पैसा जसरी परिषद्को सहमति विपरीत आफू खुसी पैसा वितरण गरेको बताए । ‘कतार सरकारले च्यारिटीमार्फत नेपाल र नेपालीको विकासका लागि पठाएको पैसा मौले अब्देल अजितले आफू खुसी कानून विपरीत वितरण गर्न पाउँदैनन्’, परिषद्का प्रवक्ता बस्नेतले भने, ‘परिषद्ले कानूनी प्रक्रिया अगाडि बढाइसकेको छ ।’
अध्यागमन विभागका निर्देशक लीलाधर अधिकारीले कतार च्यारिटीका कन्ट्री निर्देशक मौले अब्देल अजितको भिषाका विषयमा उजुरी आफूहरू समक्ष नआएको बताए । यद्यपि, उनले मौले अब्देल अजितले पर्यटक भिषामा एक दिन पनि बसेर तलब, भत्ता लिएको पुष्टि भयो भने कारबाही गर्ने चेतावनी दिए । ‘पर्यटक भिषा र गैह्र पर्यटक भिषाको काम र प्रकृति फरक छ’, उनले भने, ‘ मौले अब्देल अजितले पर्यटक भिषामा बसेर गैह्र पर्यटक भिषाको काम गरेका रहेछन् र पुष्टि भयो भने अध्यागमन विभागले कारबाही गर्छ ।’
विभागका निर्देशक अधिकारीका अनुसार मौले अब्देल अजितले नेपालको कानून उल्लंघन गरेकै रहेछन् भने कडा कारबाही गरिने चेतावनी दिए । मौले अब्देल अजितले गलत गरेको ठहर भएमा न्युनतम पचास हजार नगददेखि पाँच वर्षसम्मको जेल सजाय हुने कानूनी व्यवस्था छ ।
मौले अब्देल अजित सात महिना गैह्रकानूनी तरिकाले बसेर कतार च्यारिटीबाट तलब, भत्ता लिएको विषयमा सोधिएको जिज्ञासामा कतार च्यारिटीका प्रोजेक्ट म्यानेजर इरसाद अली शेखले खुलेर कुरा गर्न मानेनन् । समाज कल्याण परिषद्ले पत्र पठाएर केही विषयमा जानकारी माग गरेको उनले स्वीकार गरे । ‘समाज कल्याण परिषद्ले कतार च्यारिटीसँग केही कुरा सोधेर पत्र पठाएको हो’, उनले भने, ‘केही डकुमेन्ट पनि पठाएका छौँ । भिषा प्रक्रियामा हामीबाट भन्दा पनि कहिले काहीँ उतैबाट ढिलाइ हुन्छ ।’
कतार च्यारिटीबाट कन्ट्री डाइरेक्टर मौले अब्देल अजितले मासिक करीव नेपाली पाँच लाख रुपियाँ तलब, भत्ता लिन्छन् । कतार सरकारले कतार च्यारिटीमार्फट वार्षिक १० देखि १२ करोडसम्म पठाएर नेपाल र नेपालीहरूको विकासमा खर्च गर्दै आएको छ । कतार च्यारिटीले सुनसरी, सर्लाही, रौतहट, काठमाडौं, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा स्थानीय विभिन्न गैरसरकारी संस्थामार्फत काम गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया