आलम प्रकरणमा कांग्रेसले अनुसन्धान गर्न सहयोग गर्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्ने भन्दै चिन्ता जनाएका छन् ।

सभापति देउवाले शनिबार विज्ञप्ति जारी गरेर छ आफूले मोहम्मद आलमका सम्बन्धमा दिएको अभिव्यक्तिले अन्यौलता प्रदान गरेको भन्दै चिन्ता जनाए ।

‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर, कानूनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन’, उनले भनेका छन्, ‘मोहम्मद आफताव आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ ।’

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु’, सभापति देउवाले भनेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न विज्ञप्ति जारी गरेको देउवाले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले आलमका विषयमा दिएको अभिव्यक्तिमा अन्यौलमा नपर्न सबैलाई आग्रह गरेका छन् ।

Published : Saturday, 2019 October 19, 6:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया