कांग्रेसकी ‘स्कुटरवाली’ सांसदको प्रस्तावले सरकारलाई दवाव

काठमाडौं । नेपाली कांग्रेसले संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

नेपाली कांग्रेसले बुधबार दर्ता गराएको प्रस्तावमा भनिएको छ, ‘नेपालको हिमाली तथा पहाडी भू–भाग जडीबुटी भण्डारको रुपमा रहेको छ । यस भेगमा नेपाली नागरिकको ठूलो संख्याले जडीबुटी संकलन, उत्पादन, भण्डारण, विक्रीवितरण कार्यमा प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालबाट विदेश निर्यात हुने महत्वपूर्ण वस्तुमा जडीबुटी पर्दछ ।’

‘नेपालमा उत्पादित र संकलित सबै जडीबुटीको प्रशोधनको सु–प्रबन्ध नेपालमै हुन नसकेको अवस्थामा निकासी भईरहेको जडीबुटी क्वारेन्टाइन सम्बन्धी व्यवस्थाका कारणले जडिवुटी निकासीमा अवरोध उत्पन्न भएको हुँदा संकलित जडीबुटी खेर जाने र नोक्सान हुने तथा यस क्षेत्रका हजारौं हजार नेपालीको रोजगारीलाई प्रभाव परेको छ’, प्रस्तावमा भनिएको छ ।

‘क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडीबुटी निकासीलाई सहज बनाउन नेपाल सरकारको ध्यानआकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ’, नेपाली कांग्रेसले भनेको छ ।

छलफल गर्नु पर्नाको कारण उल्लेख गर्दै नेपाली कांग्रेसले भनेको छ, ‘क्वारेन्टाइनको समस्याका कारणले जडीबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न जरुरी छ ।’

नेपाली कांग्रेसको यो प्रस्तावले जडीबुटी व्यवसायी र उत्पादक किसानलाई फाइदा हुनेछ ।

जरुरी सार्वजनिक महत्वको प्रस्तावक सांसद रंगमती शाही हुन् । प्रस्तावको समर्थनमा बालकृष्ण खाँण, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही रहेका छन् ।

प्रस्तावक सांसद शाहीले केही दिन अगाडि धुलो र सडकको दुरदर्शा हेर्नका लागि प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्कुटरमा लिफ्ट दिने भनेपछि चर्चामा आएकी थिइन् ।

Published : Wednesday, 2019 August 7, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया