गाकर्णेश्वरमा पनि सरकारविरुद्ध प्रदर्शन
काठमाडौं । कम्युनिस्ट सरकारले ल्याएको गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किएका बेला गोकर्णेश्वर नगरपालिकाका स्थानीयले पनि गुठी विधेयकको विरोध गरेका छन् ।
आइतबार स्वस्फुर्त रुपमा सडकमा उत्रिएका गोकर्णेश्वर नगरपालिकाका स्थानीयले सरकारविरुद्ध नारावाजी समेत गरेका छन् । उनीहरूले गुठी विधेयक फिर्ता लिन माग गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका गुठीयारहरू समेत प्रदर्शनमा सहभागी थिए । बाजागाजा र झाँकीसहित गोकर्णेश्वर मन्दिर परिसरमा जम्मा भएका स्थानीयले जोरपाटीसम्म प्रदर्शन समेत गरेका छन् ।
जोरपाटीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै स्थानीयहरूले धर्म, संकृति र परम्परालाई समाप्त पार्ने गरेर ल्याइएको गुठी विधेयकलाई कुनै पनि हालतमा आफूहरूले स्वीकार नगर्ने चेतावनी दिएका छन् ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया