दाङमा जिप दुर्घटना हुँदा वीस जना घाइते

घोराही । दाङ जिल्लामा जिप दुर्घना हुँदा वीस जना यात्रु घाइते भएका छन् ।

शुक्रबार अपरान्ह पौने तीन बजे शान्तिनगर गाउँपालिकाको वडा नम्बर ४ गबदवा भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

तुलसीपुरबाट खिलतपुरतर्फ आउँदै गरेको लु १ ज ११९१ नम्बरको जिप ओभर स्पिटका कारण सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिपमा सवार चालकसहित २० जना घाइते भएका थिए । घाइतेमध्य ८ जनालाई प्राथमिक उपचार पश्चयात थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएको छ ।

मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेका घाइतेहरूमा दाङ शान्तिनगरका छबि डाँगी, खिमा वली, टीका दर्लामी, सन्तोष खड्का, अमृता बिक, टीकाराम खत्री, मनोती सोमै, लालमती दर्लामीमा उपचार भइरहेको छ ।

पुनकली राना, अनिता राना मगर, संजय नेपाली, डम्मर पुन मगर, गंगा धर दर्लामी, खिमा राना मगर, दुर्गाप्रसाद योगी, राज खड्का, जमुना वली, शालिकराम वली, बिपिना वली, मीना घर्ती, सल्यान कपुरकोट गाउँपालिका वडा नं. २ का सुमन केसी घाइते भएका थिए । उनीहरूको उपचारपछि डिस्चार्ज गरिएको छ ।

Published : Saturday, 2019 June 15, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया