चीनद्वारा मिचिएको नेपाली भू–भाग फिर्ता गराउन माग

काठमाडौं । चीनद्वारा नेपालको उत्तरी सिमानामा अतिक्रमण भएको भन्दै नेपाली युवाहरूले स्थलरुप नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखामा ज्ञपान पत्र बुझाएका छन् ।

सीमा संरक्षण संघर्ष समितिका युवाहरूले शुक्रबार काठमाडौंस्थित महाशाखाको कार्यालयमा पुगेर चीनले उत्तरी सिमानामा मिचेको नेपाली भू–भाग फिर्ताको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

सरिता ज्योतिको नेतृत्वमा महाशाखा पुगेका युवाहरूले उपमहानिर्देशक करुणा केसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउन पुगेका युवाहरूलाई सुरक्षाकर्मी र महाशाखाका कर्मचारीहरूले अभद्र व्यवहार गरेका थिए । महाशाखामा सामूहिक तस्वीर खिचाउन खोज्दा प्रहरीले अभद्र व्यवहार गरेका थिए ।

चीनद्वारा मिचिएको सिमाना फिर्ताको माग गरेर ज्ञापन पत्र बुझाउन आएका युवाहरूलाई कर्मचारी र प्रहरीद्वारा गरिएको दुर्व्यवहारको आलोचना गरिएको छ ।

Published : Friday, 2019 June 14, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया