इटहरीका मेयर चौधरीको विज्ञप्तिले विरोधीहरूलाई झट्का
इटहरी । सुनसरी जिल्लाको इटहरी नगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्ने भनेर दिएको अभिव्यक्ति फिर्ता लिएका छन् ।
मेयर चौधरीले आइतबार विज्ञप्ति जारी गरेर पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्ने विवादास्पद अभिव्यक्ति फिर्ता लिएको जनाएका छन् ।
मेयर चौधरीले आवेगजन्य परिस्थितिका कारण आफूले त्यस्तो भन्न पुगेको स्पष्टीकरण दिएका छन् ।
‘मेरो भनाइहरूबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात गर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु’, उनले भनेका छन् ।
आफू उदण्ड नभई अनुशासित व्यक्ति भएको र सञ्चार जगतप्रति चोट पु¥याउने आफ्नो मनशाय नभएको समेत उनले बताएका छन् ।
मेयर चौधरीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियान जारी रहेको र यसमा सञ्चार माध्यमको रचनात्मक भूमिका चाहिने बताएका छन् ।
चौधरी निकट दलकै पत्रकारले फेसबुकमा स्टाटस लेखेर हैरान बनाएपछि नाक भाँच्ने अभिव्यक्ति दिएका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया