भारतीय गायिकको नाममा ‘एलओडी’मा ठगी काण्ड, पक्राउ परे ठगहरू
काठमाडौं । काठमाडौंको ठमेलमा भारतीय गायिकाको कार्यक्रममा आयोजकहरूले ठगी गरेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
भारतीय गायिका नेहा कक्करको प्रस्तुति चल्दै गर्दा अग्रिम टिकट काटेर ठमेलको लड अफ ड्रिंस (एलओडी) क्लव पुगेकाहरूलाई कार्यक्रमस्थलमा प्रवेश दिइएको थिएन । कार्यक्रम हेर्न नदिएर बाहिरै राखेपछि टिकट काटेकाहरूले बबण्डर मच्चाउँदै प्रहरीमा उजुरी गरेका थिए ।
आयोजकले क्षमताभन्दा बढी टिकट विक्री गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डिएसपी सन्तोष सिंह राठौरले तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।
कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमताभन्दा बढी टिकट वितरण गरेपछि दर्शकले होहल्ला गरेको सिंहले बताए ।
पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे, लर्ड अफ ड्रिंस क्लबका सञ्चालक भुपेन गिरी र अर्का एक जना सञ्चालक रहेका छन् ।
पक्राउ परेका मध्येका दीपक घिमिरेले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको ज्वाइँ हुँ भनेर आफूलाई परिचय दिने गरेका छन् । यसअघि पनि घिमिरेले गरेका थुप्रै कार्यक्रमहरू विवादमा आएका छन् । कार्यक्रम भएका स्थानहरूमा उनीलाई ठगको सूचीमा राखिएको छ ।
भारतीय गायिका नेहा कक्कर आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् ।
२५ सय दर्शक क्षमताको लर्ड अफ ड्रिंसमा आयोजकले क्षमताभन्दा धेरै टिकट वितरण गरेको प्रहरीले जनाएको छ । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्करलाई ल्याएको हो ।
अमेरिकन डिजे मार्समेलो ल्याउने भनेर दरबारमार्गको क्लव डेजाभूमा भएको ठगी काण्ड सेलाउन नपाउँदै ठमेलको एलओडी क्लवमा त्यस्तै खालको काण्ड भएको छ ।
क्लव डेजाभूमा प्रहरीले हस्तक्षेप गरेको थियो । ठगी काण्डमा दोषी पाइएकाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया