देउवाद्वारा गोरखाकालीको पूजा, गोरखा दरबारको अवलोकन (तस्वीर)
गोरखा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गोरखा दरबारमा रहेका गोरखकाली देवीको पूजा गरेका छन् ।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका लागि गोरखा आएका देउवाले आइतबार बिहान गोरखकाली देवीको पूजा र दर्शन गरेका हुन् । मन्दिरका पूजारीले देउवालाई गोरखकालीको पूजा गराएका हुन् ।
पूजापछि देउवाले गोरखा दरबारको अवलोकन गर्नुका साथै आगन्तुक पुस्तिकामा लेखेका थिए ।
देउवासँग गोरखकाली देवीको पूजा र दर्शन गर्न राष्ट्रिय सभाका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, विद्यार्थी नेता ऋषिकेश जंग शाहसहितका नेता तथा कार्यकर्ताहरू पनि गएका थिए ।

Published : Sunday, 2019 June 9, 1:53 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया