कांग्रेसका नेता कार्यकर्ता अनुशासनमा बस्नुपर्छः सुरेन्द्रराज पाण्डे
ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलले पार्टीका नेता तथा कार्यकर्ताहरू अनुशासनमा बस्नुपर्ने बताएका छन् ।
राष्ट्रिय जागरण अभियानको अन्तिम दिन ललितपुर कांग्रेसले पार्टी कार्यालयमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले पार्टीलाई चेनअफ कमाण्डमा चलाउनुपर्ने बताए । ‘कांग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अनुशासनमा बाध्नुपर्छ’, उनले भने, ‘चेनअफ कमाण्ड मानेर विगतको सबै कुराहरूलाई भुलेर कांग्रेसको संगठन बनाउनेतिर लाग्नुपर्छ ।’
घातअन्तर्घातका कारण निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू पराजित भएको बताएका नेता पाण्डेले भने, ‘विगतका गतिविधिलाई पुनः दोहोर्याउने हो भने फेरि पनि हाम्रो पराजय निश्चित छ । आफूले आफैलाई सुधार गर्नुपर्छ ।’
स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसका नेताहरूबीच मेलमिलापको खाँचो रहेको उनले बताए । ‘गाउँका कार्यकर्ताहरूले नेताहरू मिल्नुपर्छ भन्ने सन्देश र दवाव दिनुभएको छ’, कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले भने, ‘कांग्रेसमा परिवर्तन आवश्यक छ । परिवर्तन आफूबाट गर्न शुरू गर्नुपर्छ ।’
जागरण अभियानका बेला कांग्रेसभित्रको गुटको राजनीति अन्त्य गर्नुपर्नेमा कार्यकर्ताहरूको जोड रहेको नेता पाण्डेले बताए । ‘कार्यकर्ताहरूले समयमा प्रशिक्षण, भेला, बैठक, भ्रातृसंगठनहरूको पूर्णता हुनुपर्छ भनेर माग गर्नुभएको छ’, उनले भने, ‘राष्ट्रिय जागरण अभियानका बेला आएका सुझावहरूलाई जस्ताको त्यस्तै केन्द्रसम्म पुर्याउनेछु ।’
https://www.facebook.com/republicadainik2/videos/464574747703915/
ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउन अन्तरर्घातीहरूलाई माफी दिएको बताए । ‘कारबाहीको लागि सिफारिस गरिएका अन्तर्घात गरिएका नेताहरूको कारबाही फुकुवा गर्ने घोषणा भएको छ’, उनले भने, ‘छिट्टै पार्टीबाट निर्णय गरेर कारबाही फुकुवा हुनेछ ।’
नेपाली कांग्रेस ललितपुरको घर जग्गामा देखिएको विवाद अन्त्य भएको सभापति अमात्यले बताए । अर्कैको नाममा रहेको कांग्रेसको घर र जग्गा पार्टीको नाममा आएको उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया