प्रहरीले नै तरुण दलका उपाध्यक्षको हत्या योजना बनायोः अध्यक्ष बस्नेत
काठमाडौं । नेपाल तरुण दलले धादिङ जिल्लाका आफ्ना उपाध्यक्ष राधाकृष्ण भण्डारीलाई राज्यको सुरक्षा संयन्त्रले हत्या गर्ने षडयन्त्र गरेको आरोप लगाएको छ ।
ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी मुख्यालयमा तरुण दलले शनिबार पत्रकार सम्मेलन गरेर नेपाल प्रहरी नै उपाध्यक्ष भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको आरोप लगाएको हो । तरुण दलले आफ्ना उपाध्यक्ष भण्डारीको जीवन रक्षाको माग गरेको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले उपाध्यक्ष भण्डारीलाई धादिङमा भएको एक विवादमा संलग्न भनी गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाए ।
अध्यक्ष बस्नेतले भण्डारीलाई मार्ने योजना भइरहेको सूचना आएकाले उनको जीवन रक्षाको लागि अपील गरेका छन् ।
‘तरुण दलका जिल्ला अध्यक्ष, उपाध्यक्षलाई कहिले सिभिल प्रहरीले, कहिले एसपीले, कहिले इन्स्पेक्टर कहिले डिएसपीले धम्की दिने’, अध्यक्ष बस्नेतले भने, ‘अहिले तरुण दल र पुलिस प्रशासनबीच ३६ को आँकडा भएको छ ।’
उनले भने, ‘साँच्चै नै प्रहरी प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासनविरुद्ध अगाडि बढ्नुपर्छ ।’
कार्यक्रममा स्थानीय जनक मगरले पुलिस किटानी जाहेरी तयार पारेर जवरजस्ती हस्ताक्षर गर्न लगाएको बताए ।
धादिङ तरुण दलका जिल्ला उपाध्यक्ष राधाकृष्ण भण्डारीलाई रिहा नगरे देशव्यापी आन्दोलन गर्ने तरुण दलका अध्यक्ष बस्नेतले चेतावनी दिएको छ ।
धादिङ प्रहरीले हतियार देखाएर लुटपाट गर्न खोजेको भन्दै भण्डारीलाई बुधबार पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया