ओलीजी कार्यकर्ता पाल्न ल्याइएको बजेटले समृद्धि आउँदैनः रामहरि खतिवडा
संखुवासभा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुई तिहाइको बलियो कम्युनिस्ट सरकारले जनतालाई दुःख दिने गरेर बजेट ल्याएको भन्दै विरोध जनाएका छन् ।
बजेटमा नयाँ कार्यक्रम र योजनाहरू नरहेको उनले बताए । नेपाली कांग्रेसले संखुवासभामा बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले गाउँका जनताका लागि कम्युनिस्ट सरकारले ल्याएको बजेट निकम्मा रहेको बताए ।
‘जनतालाई राहत दिने गरेर यो बजेट आएको छैन’, उनले भने, ‘बजेटले महँगी र जनतालाई कर मात्रै बढाउने खालको छ ।’
घुमाउरो तरिकाले गाउँका जनतालाई बजेटले करको मारमा पारेको भन्दै कांग्रेसका युवा नेता खतिवडाले आफ्नै घोषणापत्र विपरीत दुई तिहाइको कम्युनिस्ट सरकारले पुराना कार्यक्रमहरू ल्याएको बताए ।
निर्वाचनमा खड्गप्रसाद ओलीले वृद्धभत्ता पाँच हजार पुर्याउने भनेर दिएको अभिव्यक्तिलाई यस पटक पनि पूरा गर्न नसकेको भन्दै खतिवडाले विरोध गरेका छन् । ‘कांग्रेसको दवाव खेप्न नसकेर कम्युनिस्ट सरकारले वृद्धभत्ता मासिक तीन हजार पुर्याएको छ’, उनले भने, ‘कांग्रेसले खबरदारी नगरेको भए यो पनि वृद्धि हुने थिएन ।’
आफ्ना कार्यकर्तालाई पाल्ने गरेर सरकारले बजेटमा कार्यक्रमहरू राखी रकम विनियोजन गरिएको उनले आरोप लगाए । ‘आफ्ना पार्टीका कार्यकर्ताहरूलाई पाल्ने गरेर केही कार्यक्रमहरू ल्याइएको छ’, उनले भने, ‘राज्यको ढुकुटी बाँड्ने कार्यको नेपाली कांग्रेसले विरोध गर्नेछ ।’ उनले कार्यकर्ता पाल्न ल्याइएकाे बजेटले देशमा समृदि आउन सक्दैन भन्ने कुरा प्रधानमन्त्री खड्गप्रसाद ओलीले बुझनुपर्ने उनले बताए ।
देशको विकास गर्नका लागि राम्रा कार्यक्रमहरू ल्याउनुपर्ने बताएका नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘कांग्रेसकै सरकारको पालामा ल्याइएका कतिपय कार्यक्रमलाई यो सरकारले पनि निरन्तरता दिएको छ । नयाँ कार्यक्रम ल्याउन सकेन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत