बालुवाटारमा देउवासँग ओलीको वार्ता
काठमाडौं । आरोप प्रत्यारोप भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच वार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार नेकपा र कांग्रेसबीच वार्ता भएको हो । बैठकमा सत्यनिरूपण तथा बेपत्ता आयोगसँग सम्बन्धित विधेयक संसदमा दर्ता गर्ने विषयमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए ।
छलफल शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडै टुंगोमा पुर्याउने भन्नेमा केन्द्रित रहेको नेम्वाङले जानकारी दिए ।
संसदमा दर्ता हुने बिधेयकबारे सरोकारवाला पक्षसँग प्रयाप्त छलफल गर्ने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सर्वोच्च अदालतको आदेशकै आधारमा बिधेयक दर्ता हुने पनि नेम्वाङले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी ओली, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कानूनमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, सुवासचन्द्र नेम्वाङ र प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, डा.मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
साढे दुई महिनादेखि रिक्त रहेको सत्य निरूपण र बेपत्ता आयोगको पदाधिकारी नियुक्तिका विषयले भने छलफलमा प्रवेश पाएन ।
दुवै आयोगको पदाधिकारी नियुक्तिको सिफारिस गर्न गत चैतमा नै सर्वोच्चका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति बनेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत