कम्युनिस्ट सरकारका मन्त्रीको तराईमा पुत्ला जल्यो

जनकपुरधाम । लोक सेवा आयोगले समावेशीअनुसार पदपूर्तिको विज्ञापन ननिकालेपछि जनकपुरधाममा विद्यार्थीले प्रदर्शन गर्नुका साथै स्थानीय विकास प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जलाएका छन् ।

प्रदर्शनका क्रममा जनकपुरधाममा विद्यार्थी र प्रहरीबीच मंगलबार झडप समेत भएको छ ।

विद्यार्थीहरूले मन्त्री पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुत्ला जलाएका छन् ।

लोक सेवा आयोगले हालै मधेसी आरक्षणको कोटा हटाएर विज्ञापन आह्वान गरेको बिरोधमा विद्यार्थीले मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला जलाउन लाग्दा प्रहरीले निभाउन लाग्दा दुबै पक्षबीच झडप भएको हो ।

प्रहरीले पुत्लामा लागेको आगो खोसेर पानी हाली निभाएपछि विद्यार्थी आक्रोशित बनेका थिए ।

विद्यार्थीले केहीबेर भानु चोकमा सडक समेत अवरुद्ध पारेका थिए ।

Published : Tuesday, 2019 June 4, 9:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया