कम्युनिस्ट सरकारलाई कांग्रेसका मेयरले दिए टक्कर, वीपी र गिरिजाप्रसादको घर जोगाउने
विराटनगर । दुई तिहाइको कम्युनिस्ट सरकारले विराटनगरको कोइराला निवासबाट प्रहरी हटाएपनि विराटनगर महानगरपालिकाले आफ्नै प्रहरी खटाएर सुरक्षा दिएको छ ।
विराटनगर महानगरपालिकाले कोइराला निवासको सुरक्षाका लागि नगर प्रहरी खटाइएको हो । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर भीम पराजुली विजयी भएका छन् ।
दुई तिहाइको कम्युनिस्ट संघीय सरकारले प्रहरी युनिटलाई फिर्ता गराएको पाँच दिनपछि महानगरपालिकाले २ जना नगर प्रहरी कोइराला निवासको सुरक्षाका लागि खटाएको हो ।
विक्रम संवत २०५४ सालयता प्रहरीको सानो टुकडी कोइराला निवासको सुरक्षाका लागि खटिएको थियो ।
बिहीवार सुरक्षाकर्मी फिर्ता भएका थिए । सुरक्षाकर्मीको उपस्थिति नहुँदा ऐतिहासिक धरोहर मानिएको कोइराला निवास असुरक्षित बनेको थियो । कोइराला निवासको सुरक्षाका लागि दुई जना नगर प्रहरी खटाएको मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।
कृष्णप्रसाद कोइरालाले निर्माण गरेको घर कोइराला परिवारको अंशबण्डामा डा.शेखर कोइरालाको भागमा परेको छ ।
पुरानो डिजाइनको घर पछिल्लो समय डा.शेखरले विराटनगर आएका बेला प्रयोग गर्दै आएका छन् ।
कोइराला निवास व्यक्तिको मात्र सम्पत्ति नभई संस्था भएकाले विराटनगर महानगरपालिकाले नगर रक्षक खटाएको मेयर पराजुलीले बताए ।
विराटनगरको कोइराला निवासबाटै बिक्रम संवत २००७ सालको क्रान्ति शुरू भएको थियो । त्यही क्रान्तिको जगमा अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ ।
कोइराला निवासबाट सुरक्षाकर्मी हटाउन गृहसचिव प्रेम राईको विशेष भूमिका रहेको आरोप लाग्दै आएको छ । सचिव राईकै निर्देशनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कोइराला निवासबाट सुरक्षार्थ खटिएका प्रहरी फिर्ता भएका हुन् ।
यसअघि ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रमबाट पनि दुई तिहाइको कम्युनिस्ट सरकारले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू फिर्ता बोलाइएको थियो ।
1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारलाई कांग्रेसका मेयरले दिए टक्कर, वीपी र गिरिजाप्रसादको घर जोगाउने”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

ऐतिहासिक धरोहरलाई जोगाऊ सरकार