कांग्रेसले लगातार हारेको छैन, अर्को चुनाव जित्छः विश्वप्रकाश शर्मा

तम्घास । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले अर्को चुनाव जित्ने बताएका छन् ।

जागरण अभियानअन्तर्गत गुल्मीमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले इतिहासमा एकपछि अर्को लगातार चुनाव नहारेको स्मरण गराउँदै अबको चुनाव कांग्रेसले नहार्ने बताएका हुन् ।

उनले कांग्रेस कहिल्यै जितेर मात्तिने र हारेर आत्तिने पार्टी नभएको बताए ।

शर्माले सत्तामा रहेको सरकार, प्रतिपक्ष र जंगलमा रहेको विप्लव नबिग्रिए देशले शान्ति प्राप्त गर्ने उल्लेख गरेका छन् ।

विश्वमा स्वतन्त्रता दिवस नमनाउने नेपाल कसैको दास नभएको उनले बताए ।

नेपाली कांग्रेसका प्रवक्ता शर्माले प्रेस स्वतन्त्रता कोही व्यक्ति वा दलको कृपाले प्राप्त नभएको बताए ।

पत्रकारको कलम बन्द भए सरकार निरंकुश र अधिनायकवादी हुने उल्लेख गर्दै मिडिया काउन्सिल बिधेयेक ल्याएर पत्रकारको टाउकोमा तरबार नझुण्ड्याउन उनले सरकारलाई आग्रह गरे ।

शर्माले सरकारले यो निर्णय नसच्याए प्रेस स्वतन्त्रता र देशका कैयौं परिवर्तनका निम्ति बलिदानी दिने पत्रकारको अपमान हुने बताए ।

कांग्रेस गुल्मीले राष्ट्रिय जागरण अभियानअन्तर्गत पहिलो चरण सम्पन्न गरेको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए । उनले आफ्ना संघसंगठनहरूमार्फत सबै स्थानीय तहमा फरकफरक विषयका कार्यक्रम गरिएको बताए ।

उनले यो अभियानले कांग्रेस कार्यकर्तामा नयाँ उत्साह थपेको उल्लेख गर्दै अब कांग्रेस आम नेपालीबाट टाढा रहन नसक्ने बताएका छन् ।

Published : Monday, 2019 June 3, 11:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया