कांग्रेसद्वारा कम्युनिस्ट सरकारको बजेटको आलोचना

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको कम्युनिस्ट सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा प्रस्तुत गरिएको बजेटलाई वितरणमुखीको संज्ञा दिएका छन् ।

बुधबार संघीय संसदमा प्रस्तुत गरिको बजेटलाई देउवाले वितरणमुखी भनेका हुन् । बजेटमाथि प्रारम्भीक प्रतिक्रिया दिँदै देउवाले खर्च गर्ने क्षमताविर्न कार्यक्रमहरू राखिएको बताए ।

कांग्रेस सभापति देउवाले बजेटमा नयाँ कुरा केही नभएको बताए । उनले खर्च गर्ने क्षमताविनै कार्यक्रमहरू राखिएको बताए ।

‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ’, उनले भने, ‘काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ ।’ बजेटलाई सरकारले कार्यान्वयन गर्न नसक्ने बताए ।

Published : Wednesday, 2019 May 29, 7:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया