कांग्रेस संसदीय दलको बैठक बोलाइयो
काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले संविधान विपरितका क्रियाकलाप गर्दै आएको आरोप लगाइरहेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार जेठ १६ गते बिहान ११ बजे बैठक बोलाइएको हो ।
बैठकमा सरकारको कामकारबाही र कम्युनिस्ट सरकारले जेठ १५ गते पेश गर्न लागेको बजेटका विषयमा कसरी अगाडि जाने भन्ने विषयमा छलफल हुनेछ । कांग्रेसले बजेटका विषयमा पनि आफ्नो औपचारिक धारणा दिनेछ ।
‘नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ १६ गते बिहीबार बिहान ११ बजे संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको छ’, खाँणले भनेका छन् । बजेटमाथिको छलफलमा पनि कसरी सहभागी हुनेबारेमा समेत कुराकानी र परामर्शहरू हुनेछन् ।
कम्युनिस्ट सरकारले अधिनायकवाद ल्याउन थालेको र त्यसकै प्रयास स्वरुप मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गराउन लागेको भनेर कांग्रेसले विरोध गर्दै आएको छ ।
नेपाली कांग्रेसले स्वतन्त्र प्रेसलाई अंकुश लगाउने गरी ल्याएको विधेयकलाई कुनै पनि हालतमा नमान्ने जनाउँदै आएको छ । तर, सरकारले विधेयकलाई फिर्ता नलिने बरु केही सुधार आवश्यक रहे संशोधन गर्न तयार रहेको बताउँदै आएको छ ।
सरकारको आश्सावनसँग नेपाली कांग्रेसले आश्वस्त हुन नसकेको बताउँदै आएको छ ।
सरकारले आफूलाई दुई तिहाइको बहुमतको दम्भका रुपमा अगाडि बढाउँदै गएको कांग्रेसको आरोप रहेका बेला संसदीय दलको बैठक बस्न लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत