अंगरक्षकसँग यौन प्रस्ताव राख्ने पिएको जागिर खुस्कियो
काठमाडौं । सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ ।
उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेन्जरबाट यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो ।
स्वकीय सचिव भट्टले उपसभामुख जोशीकी अंगरक्षक महिला प्रहरीसित म्यासेन्जरबाट बारम्बार यौन प्रस्ताव गरी मानसिक यातना दिएको भन्दै सञ्चारमाध्याममा उनले गरेको
कुराकानीसहितको म्यासेन्जर सम्वाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ ।
Published : Tuesday, 2019 May 28, 12:21 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत