कांग्रेसको अभियान देखेर विष्णु पौडेल दिक्क, आफ्नैविरुद्ध भण्डाफोर

बुटवल । नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल भ्रष्टाचारी भएको भन्दै रुपन्देहीको बुटवलमा पर्चा वितरण गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको हो ।

नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करीव ३ सय पर्चा छरिएको छ ।

पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको नगर सभापति पाण्डेले बताएका छन् ।

नेकपा महासचिव पौडेल बुटवल प्रदर्शनी केन्द्रको शिलान्यास गर्न बुटवल आएका छन् । उनले केहीबेरअघि प्रदर्शनी केन्द्रको शिलान्यास पनि गरेका छन् ।

निर्वाचनअघि नै प्रदर्शनी केन्द्रको निर्माणको नक्शासमेत तयार भएको र बुटवल नगर सर्वदलीय बैठकबाट पारित भइसकेको भन्दै नगर सभापति पाण्डेले अहिले प्रचारका लागि शिलान्यास गरिएको बताए ।

नगर सभापति पाण्डेले नेपाली कांग्रेस प्रदर्शनी केन्द्र निर्माणकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

Published : Monday, 2019 May 27, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया