विप्लवको अड्डामा बम बिस्फोट, आफ्नै टप नेताको मृत्यु

काठमाडौं । काठमाडौंको बैद्यखानास्थित एउटा घरमा सेल्टर बनाइ अड्डा जमाएर बसेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेताहरूले बम बनाउँदै गर्दा बिष्फोट भएर ज्यान गुमाउनेको सनाखत भएको छ ।

बैद्यखानास्थित लोकमञ्जरी कार्कीको घरमा आइतबार अपरान्ह बम बिस्फोट हुँदा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाहीको मृत्यु भएको स्रोतले जनाएको छ ।

बम विस्फोटमा परी त्रिचन्द क्याम्पसका विप्लव पार्टीका विद्यार्थी नेता इकाई अध्यक्ष रविन केसी घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बम बिस्फोट भएपछि अध्यक्ष केसी मलाई अस्पताल लगेर उपचार गराउभन्दै सडकमा दौडिएका थिए । बम बिस्फोटमा परेका अन्य तीन जना फरार छन् ।

सुकेधाराको विस्फोटमा महोत्तरी घर भई सुकेधारामा सैलुन चलाउँदै आएका ५९ वर्षका जीवकुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक जनाको भने सनाखत हुन सकेको छैन । घटनामा ४ जना घाइते भएका छन् ।

घटनास्थलबाट विप्लव नेकपाको पर्चा भेटिएपनि ठाकुर भने सो पार्टीमा आबद्ध रहेको वा नरहेको खुल्न सकेको छैन् ।

घट्टेकुलोको घटनास्थलमा भने विप्लव नेतृत्वको नेकपाका पर्चा भेटिएका छन् ।

Published : Sunday, 2019 May 26, 9:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया