अप्सरा श्रेष्ठको अबैध धन्दामाथि प्रहरीले पूर्णाविराम लगाइदियो
काठमाडौं । चेक बाउन्स गराएर दुःख दिँदै आएकी ३६ वर्षीया अप्सरा श्रेष्ठलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।
ऋण सापटी दिई ब्ल्यांक चेकमा हस्ताक्षर गराएर आफूखुसी रकम भरी बाउन्स गराएर दुःख दिने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक पाङ्ग्रेटर १ घर भई हाल काठमाडौं १५ किमडोल बस्दै आएकी अप्सरालाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।
श्रेष्ठले घरब्यवहार चलाउन भन्दै माग्न आउने विभिन्न व्यक्तिलाई बढीमा २०–२५ हजार ऋण सापटी दिने गर्थिन् ।
त्यसबापत ऋणीलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाएर आफैले पैसा भरेर फसाउने गरेको उजुरी प्रहरीमा परेको थियो ।
हस्ताक्षर गराइसकेपछि उनले ती चेकहरूमा आफूखुसी रकम भर्थिन् र चेक बाउन्स गराउँदै दुःख दिने गर्थिन् ।
महाशाखा प्रमुख सहकुलबहादुर थापाले अप्सरा श्रेष्ठले ऋण फिर्ता गर्नेलाई समेत रकम फिर्ता नगरेको भन्दै चेक बाउन्स गराएर दुःख दिने गरेको उजुरी आएपछि पक्राउ गरेर कारबाही शुरू गरिएको बताए ।
अप्सरा श्रेष्ठविरुद्ध ६ जनाले महाशाखामा उजुरी दिएका थिए ।
प्रहरीले फेन्सी व्यवसाय गर्दै आएकी उनीबाट विभिन्न बैंकका ब्ल्यांक चेक ३२ थान, आफूखुसी रकम उल्लेख गरेका चेक ३५ थान र बाउन्स गरिएका चेक ७ थानका साथमा हिसावकिताव राखेको कापी ३४ थान, डायरी र रजिष्टार बरामद भएको थापाले बताए ।
प्रहरीले उनको फेन्सी पसलमा खानतलासी गर्दा यी चिजहरू भेटिएका थिए ।
बरामद गरिएका ३४ थान चेकमा श्रेष्ठले एक करोड ३४ लाख ६२ हजार बराबरको रकम भरेको पाइएको छ ।
बाउन्स गरिएका चेकमा ५६ लाख बराबरको रकम रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत