कम्युनिस्ट अधिनायकवादविरुद्ध आन्दोलन गर्ने बेला आइसक्योः राणा

दिक्तेल । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले कम्युनिस्ट सरकारको काम कारबाहीबाट गाउँका जनता दिक्क भएको बताएका छन् ।

खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा शनिबार आयोजित जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता राणाले सरकारको कार्यशैलीप्रति असन्तुष्ट नागरिकहरू कांग्रेसको अभियानमा गोलबन्द हुँदै आएको बताए ।

‘कम्युनिस्ट सरकारको गलत कार्यबाट दिक्क भएका गाउँका जनताहरू कांग्रेससँग निकटतामा आइरहेका छन्’, उनले भने, ‘खोटाङ जिल्लामा कांग्रेसको जागरण अभियानले थप उत्साह थपेको छ । कांग्रेसका कार्यकर्ताहरू पनि उत्साहित बन्नुभएको छ ।’

‘सबै कांग्रेससी अनि लोकतन्त्रवादीहरू एकढिक्का भएर कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध उभिने समय आइसकेको छ’, नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका युवा नेता राणाले भनेका छन् ।

‘सशक्त कांग्रेस आजको आवश्यकता भइसकेको छ’, राणाले भने, ‘कम्युनिस्ट सरकारको भण्डाफोर र पार्टीको संगठन सुदृढीकरणको यो अभियानमा साथ दिन सबैलाई आग्रह गर्दछु ।’

केन्द्रीय प्रतिनिधिका रुपमा खोटाङ जिल्लामा खटिएका युवा नेता राणाले कांग्रेसका लागि गाउँका कार्यकर्ताहरूले दिने सल्लाह र सुझावलाई पनि केन्द्रीय नेतृत्वसम्म ल्याउनेछन् ।

कार्यक्रममा खोटाङ कांग्रेसका सभापति नरेश श्रेष्ठ, पूर्वसभापति विष्णुकुमार राई, पूर्वसांसद सरस्वती बजिमय, युवा नेता सुवास पाेखरेल, युवा नेता तीर्थ भट्टराईसहितका नेताहरूले कांग्रेस नेतृत्व सच्चिएर एकजुट भएपछि मात्रै कम्युनिस्टहरूसँग भिड्न सजिलो हुने सुझाव दिएका छन् ।

Published : Sunday, 2019 May 26, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया