दलितहरूलाई कार्यकारी र राष्ट्र प्रमुखमा ल्याउनुपर्छः खाँण

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जातीय विभेद र छुवाछत अन्त्यका लागि दलित नेताहरूलाई राज्यको प्रमुख निकाय र अंगहरूमा ल्याउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको जागरण अभियानअन्तर्गत दलित संघ काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले दलितहरूलाई राष्ट्रको प्रमुख वा कार्यकारी बनाउन जरुरी रहेको बताए ।

‘विभेद र छुवाछुतको अन्त्य गर्न नेपाली कांग्रेसले दलित समुदायका नेतालाई मुलुकको मूल राजनीतिमा ल्याउन र राष्ट्र प्रमुख वा कार्यकारी बनाउन जरुरी छ’, उनले भने ।

नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक समेत रहेका खाँणले दलित समुदायलाई समस्या परेमा संसदमा आवाज उठाउने बताए । दलितका समस्याहरूमा नेपाली कांग्रेस सधै सचेत रहेको उनले बताए ।

‘समान्ताका लागि नेपाली कांग्रेसले सहास देखाउन जरुरी छ’, खाँणले भने, ‘कम्युनिस्टहरूले जस्तो कांग्रेसले दलितहरूलाई विभेद गर्दैन ।’

नेता खाँणले नेपाली कांग्रेसको बिक्रम संवत २००९ सालको कार्य समितिमै धनमानसिंह परियारलाई वीपी कोइरालाले आफ्नो महामन्त्री बनाएको इतिहाँस पनि सुनाए ।
‘कदमजम’को नीति नेपाली कांग्रेसले अगाडि सारेको उनले बताए ।

‘राज्य संचालक नेताहरूले आफ्नो दिमागमा जहिले पनि राख्न जरुरी छ’, खाँणले भने, ‘प्रजातान्त्रिक आन्दोलन सफल भएपछि पहिचानको मुद्दाहरूलाई सम्बोधन गर्न सबै राजनीतिक दलका नेताहरूले गम्भीरता पूर्वक सोँच्न जरुरी छ ।’

उनले भने, ‘यदि फेरि अर्को आन्दोलन भयो भने संविधान र लोकतन्त्र खतरामा पर्नेछ ।’ नेपाली कांग्रेसका नेता खाँणले वर्तमान कम्युनिस्ट सरकारलाई संविधानको गरिमा र त्यसले दिएको अधिकारलाई ध्यान दिन सुझाव दिए ।

‘जागरण अभियानसंग नेपाल देशकै भविस्य जोडिएको छ’, उनले भने, ‘सबै नेपाली सम्मान हो, सबै नेपालीको साझा पार्टी हो नेपाली कांग्रेस ।’

खड्गप्रसाद ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनले आरोप लगाए । उनले फोरजी सञ्चालनमा ठूलो भ्रष्टाचार भएको बताए । ६ अर्बमा सञ्चालनमा ल्याएको फोरजीलाई १६ अर्ब पु¥याएर अनियमितता गरेको उनको भनाइ छ ।

‘वर्तमान कम्युनिस्ट सरकारले भ्रष्टाचार लाखमा नभइ करोडमा होइन अर्बमा गर्न थालेको छ’, उनले भने ।

Published : Saturday, 2019 May 25, 6:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया