प्रचण्डको गृहजिल्लामा कांग्रेसको सानदार जित, चकित परे नेकपाका उम्मेदवारहरू

भरतपुर । चितवन जिल्लाको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले नयाँ नेतृत्व पाएको छ ।

शुक्रबार भएको निर्वाचन प्रक्रियाबाट गणेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । नेपाली कांग्रेस निकटका श्रेष्ठ नेतृत्वको प्यानले उपभोक्ता समूहमा क्लिन स्वीप गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्यानल पराजित भएको छ ।

अन्तिम मतगणनाअनुसार अध्यक्षमा विजयी श्रेष्ठले कुल ४५ मतमध्य २३ मत पाएका थिए ।

श्रेष्ठका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष हीराबहादुर गरुङले २२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा सानकाजी कुँवर २३ मतका साथ निर्वाचित भएका छन् । कुँवरका प्रतिद्वन्द्वी नरेन्द्र कँडेलले २२ मत प्राप्त गरेका छन् ।

सचिवमा श्यामप्रसाद बराकोटी २३ मतका साथ निर्वाचित भएका छन् । बराकोटीका प्रतिद्वन्द्वी कल्याण लटौलाले २२ मत प्राप्त गरेका थिए ।

कोषाध्यक्षमा उज्वल बर्तौला २३ मतका साथ निर्वाचित भएका छन् । बर्तौलाका प्रतिद्वन्द्वी रेवती उप्रेतीले २२ मत पाएका थिए ।

सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा नेपाली कांग्र्रेसले आफूलाई बलियो बनाउँदै लगेको छ ।

उपभोक्ता समूहमा नेकपाका उम्मेदवारहरूले जित्छौँ भनेर ढुक्क थिए । तर, नेपाली कांग्रेस निकटका उम्मेदवारहरूको प्यानल नै विजयी भएपछि कम्युनिस्टहरू छक्कै परेका छन् ।

नव निर्वाचित अध्यक्ष श्रेष्ठले कुमरोज वनको स्तरवृद्धि गर्दै थप पर्यटन कुमरोजमा भित्र्याउन आफू सक्रिय हुने बताएका छन् ।

उनले समग्र कुमरोज वन र यस क्षेत्रको वृद्धि विकासमा आफू निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Published : Saturday, 2019 May 25, 7:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया